भर्खरै

हमेशा देर करदेता हुँ मेँ

अाँखामा राखेर हुर्काएकाे मान्छे परेलीबाट खस्छ र चक्नाचुर हुन्छ!
***************
दिनकाे ढल्किदाेँ अायुसंगै म कसैलाई सम्झेर प्याज काट्न सुरु गर्छु, अन्तत: मेरा अाशुले गर्भाधारण गरेकाे मयुर रात सुत्केरी हुन्छ र एउटा अर्काे बिहानी जन्मिन्छ !
-----
त्यसदिनकाे नवजात बिहानीमा पनि म जिउदैँ उठ्छु, उसलाई फाेन ट्राइ गर्छु, उताबाट कर्कश अावाजमा फाेन सुन्दरी भन्छे : "तपाईंले डायल गर्नुभएको माेबाइलकाे स्वीच अफ गरिएको छ ।"
झ्यालकाे पर्दा उघार्छु, बाहिर पानी परिरहेछ!
मन फेरि एकतमास हुन्छ, के गराैँ कसाे गराैँकाे अकर्मण्यताले फेरि थला पर्छु,
ग्यास बाल्छु, पानी तताएर कपमा खन्याएपछि, त्यसमा एक चम्चा चिनी र कफी राखेर सुुरुप्प पार्छु, कफिकाे तिताे जिब्रोमा पर्ने बितिक्कै रिङ्गटा सुरु हुन्छ, धर्मराउदै धर्मराउदै बेडसम्म पुग्छु, कफि सानाे टेबुलमा छाेडेर बेडमा पल्टिन्छु, उठ्दा कफि मन जतिक्कै चिसाे भइसकेको हुन्छ ।
**----------**
हिड्दा खुट्टामा काडाँ बिझाउनु पर्छ, तरकारी काट्दा अाैला काटिनुपर्छ, वा कुहिनाे भित्तामा ठाेकिनुपर्छ, नभए घुडाँ बेडसंग जुध्नुपर्छ, उसकाे याद अाउन कमसेकम यति त हुनैपर्छ !
तर अाज त्यस्ताे केही भएन बिना कारण उसलाई सम्झिए, यसपटक उसकाे माया भन्दा धेरै पिर लागिरह्याे! म्यासेज लेखेँ 'अाेइ तँलाई बाडुल्की ला'छैन ?'

प्रिय बेखबर अाइ हेट यु:(

--------------------**
खाना पकाउने भनेर जाेस्सिएर उठ्छु, किचन कुनासम्म अाइपुग्दा खाना पकाउने जागर चियापकाउनेमा सिमित भइदिन्छ,
अस्ति बेलुकादेखि जिन्दगी १ छाककाे माेमाेज् र चाउमिनले चलिरहेछ।
साेचे, यसरी त कति दिन चल्छ यार ?
कसैलाई फाेन गरुँ र खाना पकाउन भनुँ,
तर कसलाइ भन्ने ?
निकैबेर मनाेविवाद हुन्छ, अन्तत: विमर्श एउटा नाममा गएर राेकिन्छ!

क्रमशः.....

No comments