कविता
झोलाभरि सम्झनाको गुन्द्रुक बोकेर,
पोखिएका मोती दाना,
बटुल्न नपाउदै,
एका बिहानै
निलो क्षितिजमा अलप तिमी,
सम्झेका छौ छैनौ
बन्धकि खेत,
बुढा बाउ आमा,
अवला अर्धाङगीनी,
अबोध बालक छोरो‘‘१
प¬रानै जिन्दगीका नयाँ पदचाप,
भित्ताको घडी, पात्रो र तिम्रो
तस्बिर हेरेर
निर्झर जस्ता बनेका आखाँहरु
दोबाटोमा बिछाएको बर्षौ सम्म पनि,
तिमी भेटिदैनौँ
सपनाका पुराना गल्लीहरुमा
र आउदैँनौँ स्मृतिका दंशहरुमा
सञ्जिवनी लिएर
बिर्सियौँ झैँ लागेर
सम्झाइरहेछु
भत्किएका भित्ताहरुमा
तिम्रै रङ्गीन सपनाका पोष्टरहरुले
सिरेटो छल्दै,
छानोमा तिम्रै सपनाको रङ्गीन त्रिपाल भित्र
घाम पानी झल्दै,
जसो तसो
एक थान हाम्रो मक्किएको जिन्दगी
अझैँ पनि बाकीँ छ
र
आशुका ओगहरुसंगै,
विरहका वेगहरु बिचमा
सुन्दर भविष्यका विनोद कल्पनाहरु दुरुस्तै छन्् ।
भन ए बाकस भित्रको रेगिस्तानी
मेरो जिन्दगी
तिम्रा सपना
बुढा बाउआमा
अबोध बालक छोरो
के तिम्रो बाकसमा अटाउछन्
सुन्दर
ReplyDelete